Saturday, May 16, 2020

"रानीसाब" - भाग २


चाँदनी रानीसाबको तीजको दर अझै ३ दिन पर थियो। तर गरिमालाई चाँदनी रानीसाब कस्ती होलिन्, तिनी कस्ता घरमा बस्दिहुन्, के खादिहुन्, कस्ता लुगा लगाउदिहुन् भन्ने कुरा जान्ने व्यग्रताले गाज्यो। "किन करसाबकी श्रीमती म्याडम वा दिज्यू वा अन्य अरु केही सम्बोधनले बोलाइनन् होला? किन र कसरी तिनी रानीसाब भइन् होला?" भात तिहुन, घरधन्दा सिद्दिने बितिक्कै गरिमा यस्ता प्रश्नका उत्तर खोज्न पुगिहाल्थिन्। बचेरोलाई माऊ चराले ल्याउने आहाराको हुटहुटीले सताए जस्तै उनलाई चाँदनी रानीसाबसङ्ग कहिले भेटु, कहिले बोलु झै भैरहेकोथ्यो। सोच्दा सोच्दै ऊ आफू स्कुलमा पढेका इतिहासका पाना पल्टाउन थाली। भारतीय फिल्ममा चित्रण गरिएका रानीहरु उसका आखाँ अगाडि सचित्र छाउन थाले।

इतिहासका रानीहरु देशभक्ति, मातृभूमि रक्षा, राष्ट्रहित र आत्मगौरवले सर्वोपरि भएका महान नारीहरु थिए। राज्यलक्ष्मी हुन, लक्ष्मीबाई, जोधाबाई या भृकुटी हुन्, ती अतुलनिय विराङ्गना रानीहरु थिए। रणकौशल र कुटनितिमा पोख्त हुनुका साथसाथै ती रानीहरु जुझारु, संघर्षशील र आत्मबलका अद्भुत क्षमताका प्रतिमूर्ति थिए। राजनितिको गोटीका रुपमा चालिएकी भृकुटीले  अन्जान देश अनि नया परिवेशमा रहेर पनि बौद्ध धर्म, नेपाली कला र संस्कृति तिब्बतमा फैलाएर सारा नेपालीलाई गौरान्वित बनाएकी थिइन। रानी लक्ष्मीबाई राजनिति र कुटनितिमा कुशल त थिइन नै, उनि अस्त्र-शस्त्रमा पनि पारङ्ग्त थिइन्। पुरुषसत्तात्मक युगमा नारीहरुलाई अबला निर्बला आदी मानकका रुपमा चिनाउने प्रचलन त थियो नै तर पनि त्यस्तो समयमा समेत यी नारीहरु पुरुषहरुभन्दा धेरै कदम अगाडि थिए। उनीहरु कुनै राजाले बनाएका रानी थिएनन्; उनीहरु कुनै राजाका रानी थिएनन्। उनिहरुले घर परिवार र समाजलाई नेत्रित्व दिनसक्ने रानीको छवि आफ्नै बलवुतामा निर्माण गरेका थिए। 

साच्चै चाँदनी रानीसाब इतिहासका रानीसाब जस्ती होलिन्”? चाँदनी रानीसाबलाई भेट्न गरिमाको मन झनै आतुर बन्यो।

शनिवार दिउसोको निम्ता मान्न गरिमा बिहानै नुहाइधुवाई गरिवरि तयार हुन थालि। त्यसदिन सासूआमाले भान्छा सम्हालिदिइन्। गरिमाले बिहानको खाना बनाउन परेन्। उनि श्रिगांर पटारमा लागिन्। कप्तान साबलाई मनपर्ने रातो फूलबुट्टे सिफनको सारी उनले अघिल्लो रात नै दराजबाट निकालेकी थिई। त्यै फूलबुट्टे सारीमा सुनौलो चुच्चे हिल जुत्ता र गलामा हरियो पहेलो पोतेका साथ लकेटवाला सुनको सिक्री लाउदा गरिमाको सुन्दरता अझ निखारियो।

गरिमाले दाइजोमा पाएको नया कार कप्तान साब आफै हाक्दै थिए। गरिमा ठाटिएर अगाडिको सिटमा बसिन्, हत्तपत्त ब्यागबाट कालो चस्मा निकालेर लगाइन्। कप्तान साबको आँखा देब्रे साइडमा बसेकी गरिमामा पुगिहाल्यो। "चाँदनी रानीसाब भन्दा त कति राम्री राम्री"! मनमनै गुन्दै कप्तान साब ठट्यौलो पारामा गरिमातिर हेर्दै हल्का मुस्कुराए। केही लाज र गर्वले भरिएको गरिमाको अनुहारको गुलाबीपनमा बाहिरको धप धप बलिरहेको सूर्यको राप थपिएर रातै भयो।

चाँदनी रानीसाबको घरको ढोकैमा गरिमालाई ओरालेर कप्तानसाब आफ्नो बाटो लागे।

भित्र बैठक कोठामा गरिमा पुग्दा चाँदनी रानीसाब अजंगको सोफामा शानले बसेरहेकी थिइन्। मुंगा र मोतीको माला गलामा अनि निक्खर रातो सिफनको सारीमा सजिएकी रानीसाबलाई झट्ट देख्दा गरिमा केही अत्तालिई, कही आफुले कल्पना गरेको मुग़ल बादशाह अकबर की रानी जोधाबाई नै साक्षात आफ्नै सामु त हैनन भनेर। बिहेको प्रितिभोजमा देखिएकीभन्दा तेजिलो अनुहार गारिमाको थियो। देख्नासाथ चाँदनी रानीसाबले आफूसंगै बस्न बोलाईन। दर्शन टक्राउदै, आसामीले साहूसंग ॠण माग्न बसेझै मुद्रामा गरिमा केही सन्कोच मानेझै गरि रानीसाबको छेवैमा ग​एर बसि।

"हजुरलाई काम सघाउन भनेर अलि छिट्टै आकी म त, भान्छामा केही छ भने म गरिहाल्छु। रानीसाब! हजुरले मर्जिहोस्"। शब्द चयन गरि गरि गरिमाले सोधि। कप्तान साबसंग बिहेपछिका दिनमा गरिमाले आफ्ना लवजलाई कम्ता राजशी कसि लगाएकी थिइनन्। आफ्नो खान्दानमा तँ र तँपाई चल्दैन भनेर गरिमाकी सासूले घर भित्र्याउदै सचेत गराएकी थिइन्। नन्द, देवरदेखि भान्जाभान्जी सम्मलाई हजुर, राजा र महारानी जस्ता सम्बोधन गर्नमा गरिमा पारंगत भैसकेकी थिई।

ए हस्ते! यहाँ २ कप च्या ल्याइदेऊ त। दूधैदूधमा मिठो गरेर बनाऊ है।" रानीसाबले भान्छातिर फर्केर कराइन्। सब काम भइसक्यो गरिमा, भित्र त्यत्राबिधि मान्छे छ्न्। आज त झन करसाबले तीजको पार्टी भनेर ब्यारेकबाट ५ जना एक्स्ट्रा अर्दली पठाइदिबक्स्याछ। नौ नौ जना छन, गरिहाल्छन नि", शान र घमण्ड मिश्रित पारामा रानीसाबले भनिन्। "कर्नेललाई ४ जना, जर्नेललाई त आफ्ले भनेजति अर्दली दिन्छ सरकारले। १० वर्ष जतिमा त तिम्रा पनि दिन आउछन, गरिमा। अघिपछि ४,५ जना नोकरचाकर राखेर तिमी पनि रानीसाब हुन पाउछेउ", रानीसाबले गरिमालाई भविष्यका सुखसुविधा वारे अवगत गराइन्। पैतृक सम्पत्तिमा मान्छेहरु आश्रित भए जस्तै चाँदनी रानीसाबले अर्दलीहरु राख्नुलाई आफ्नो परम्परा बनाएकी थिइन्, आफ्नो अभिन्न अधिकार सोचेकी थिइन्, शान शौकतको प्रतिक मानेकी थिइन्।

गफकै क्रममा हस्तेले च्या ल्याईपुर्यायो। च्याको सर्को मुखमा पर्नासाथ रानीसाबको मुख बिग्रियो। ए हस्ते, झन मिठो बना भन्या त नमिठो बना भन्या जस्तो गरि के च्या बनाको यस्तो? करसाबलाई भन्दिउ? यसपाला शान्तिसेनामा पार्दिउला भनेको त। यस्तै हो भने शान्तिसेना बेना हिड्छ यसको", रानीसाब बेस्सरी कुर्लिइन्।

यसरी गफिदा गफिदै पाहुनाहरु आउने क्र्म बढ्यो।  रानीसाब, रानीसाबका पनि रानीसाबहरु बाहिर अर्दलीले सफा राम्रा बनाएका चौरमा भेला भ​ए। बिभिन्न परिकारको स्वाद संगै समूह समूहमा रमेका रानीसाबहरुका हासो र ठट्टाका आवाजले वातावरण तरंगित बन्यो। प्रायः उराठ रहने करसाब र रानीसाबको बङ्ग्ला पनि तीजको त्यो दिन कालो बादल उघ्रेर देखिएको सफा निलो आकाश झै सुन्दर देखियो। रानीसाबहरुका स्वर र उमङ्गका अगाडि सूर्यको तेज पनि फिका फिका जस्तै थियो।

राजा फालेको देशमा तीजको त्यो दिनमा बग्रेल्ती रानीसाबहरुको जमघट थियो। तर त्यस जमघटमा झांसीकि रानी थिइनन्, जोधाबाई थिइनन्, भृकुटी थिइनन्। त्यहा कमल करसाब, श्रीध्वज जरसाब, गिर्वाण जरसाब आदीका रानीसाबहरु थिए। त्यहा हस्ते, चन्द्रे, मंगले जस्ता निरिह अर्दलीहरु द्वारा कहलाइने रानीसबहरु थिए।  

कहिले घरधन्दा, कहिले पाहुनापासा, कहिले पार्टी भोज - यस्तै यस्तैमा गरिमाका दिन बिते। उनको घर गृहस्थी सार्है राम्रो थियो, कप्तान साबको प्रगति दिनानुदिन बढ्दो थियो र सासूससूराको आरक्षण आमाबुवाको समान थियो। हेर्दाहेर्दै गरिमाका लगालगी दुई छोरी भए - एउटी छोरी २ र अर्की ४ बर्षकी। भगवानले जे दिन्छन त्यही हाथ थापेका छौ, नाति नभएपनि हामी खुशी छौ”, कसैले सोद्धा यही जवाफ निस्कन्थ्यो गरिमाको सासूससूराको मुखबाट। गरिमाको गृहस्थी अत्यन्त खुशहाल थियो।

ग​एका ५ - ७ बर्षमा गरिमाको जिवन बद्लियो, घर गृहस्थीमा ऊ निखारिइदै गई, कप्तान साब पनि मेजरमा पद्दोनत्ति भए। धेरै चिज बदलिए तर गरिमाभित्र एउटा प्रश्न भने सदा गढिएर बस्यो - "म कहिले रानीसाब हौली?"

तर भन्छ्न नि केही प्रश्नका उत्तर सिर्फ समयले दिन सक्छ।

समयसंग गरिमाको त्यो प्रश्नको जवाफ थियो तर त्यो प्रश्नको उत्तर जुन रुपमा आउनेवाला थियो त्यसले गरिमाको, मेजर साबको र ती दुईका परिवारको सोचं र सम्बन्ध नै परिवर्तन गर्नेवाला थियो।
जिन्दगीको दौडमा, अघि बढने रहर सबको

तर,

मिल्छ सबलाई त्यही, जो इच्छा छ समयको
क्रमशः …………

Sunday, May 10, 2020

“रानीसाब” - भाग १


केटाले त हुन्छ भन्यो रे!

"हुन्छ भन्यो रे"! हुन्छ भन्यो रे!

त्यस दिन गरिमाको घरमा दिनभरी त्यही एउटा कुरा दोहोरीरह्यो। एउटा सानो प्वालबाट कुनै तेजिलो प्रकाश बाहिर निस्के जस्तो गरिमाको परिवारको सारा खुशी त्यही एउटा सन्देशबाट उत्पत्ति भैरहेको थियो। कप्तानलाई कजाएर खाने भई, कति भाग्यमानी! "हाम्री गरिमा मात्रै कम छे र? १२ क्लास पढी हालेकीछ के रे। ज्वाईसाबका खलक खान्दानी छन, अरु पढाउन क्यै कसर छोडदैनम भनेकै छ्न्। कैले गार्हो पारिन यस्ले मलाई, सानैदेखि शान्त"! आमैले गरिमाका गुण र स्वभाव एकलट एकै सासमा ओकलिन्। आफ्नै बिहेका कुरा आफ्नै अगाडि सुनिरहदा गरिमा भित्रभित्रै लजाएकी त थिई। तर कप्तान साबसङ्गको सुनौलो दाम्पत्य जिवन पनि उ कल्पिदै थिई। उन्को मुहार पुर्णेको जुन जस्तो धपक्कै बल्यो।

"हजुरकी छोरी हाम्री अब, क्यै क्यै दाइजो दिनुपर्दैन है हाम्लाई। भगवानको कृपाले सबथोक छ हाम्रो। एकसरो सारीमा गरिमा हाम्लाई स्विकार छ है हजुर!", स्वयम्बरका दिन कप्तान साबकी आमाले ५० जनाको अगाडि आफ्नो बडप्पन देखाइन्।

कुरो सुनेर फुरुङ्ग परेका गरिमाका दाई २ हप्ता नपुग्दै फर्निचर साहुजीलाई लिएर कप्तान साबका घर पुगे। "एक्ली बहिनीलाई कसरी खाली हात पठाउनु र भनेर हजुरसङ्ग सल्लाह गर्न आको हजुर!" गरिमाका दाईको कुरो भुईमा झर्न नपाउदै कप्तान साबकी आमाले फर्निचर साहुजीलाई नवदम्पतिका कोठा देखाउन लगिन्। कोठाका भित्तामा वालपेपर, भुईमा कारपेट, दराज, झ्याल र ढोकामा पर्दाका नाप लिएर बाहिरिनै लाग्दा कप्तान साबकी आमाले दाईलाई बोलाएर प्ठ्यारो मानेझै भनिन् बाबु! त्यही एउटा कोठामात्र सजाको राम्रो नदेखिएला, यो बैठक कोठामा पनि उस्तै खालका एक सेट कार्पेट, पर्दा, दराज र टिभी मिलाइदिनु है। कुनाबाट कप्तान साबका बुवाले छुस्स थपे, “कोठा ठूलो छ - ४० इन्चको टिभी त चाहिएला। फेरि सब नया अनि त्यो थोत्रो फ्रिज र ग्यारेजमा राखेको कार पनि फेर्न पाए हुन्थ्यो”! कप्तान साबकी आमाले आफ्नै मन खोतल्दै गरेझै भनिन्, “बाबु! तिमी हाम्रै छोरा सरहका मान्छे, अन्यथा नलिनु है। बिहेमा गहनाले ढाक्नु त पर्दैन तर नि लोकलाजको त ख्याल राख्नै पर्यो, एकसरो गहानापात पुर्याउनु है गरिमाको आङ्गमा। छैन भने अरुको मागेर काम चलाएपनि हुन्छ, बिहेपछि फिर्ता गरुला बरु।"

स्वयम्बरका दिन कप्तान साबका आमाबुवाले समाजका अगाडि देखाएको बडप्पन गरिमाको दाईको अगाडि छताछुल्ल भई पोखियो। आखिर पैतृक सम्पति दिनुपर्ने होइन क्यारे, यसो समाजलाई देखाउन मात्रै भ​एनि झिटी गुन्टाको चलन त गर्नै पर्यो भन्दै अघिल्लो रात श्रिमतीसङ्ग कुरा गरेका गरिमाका दाईको अनुवार एकाएक सेतो फुक्को बन्यो। त्यहा भन्नुसुन्नुपर्ने अरु केही थिएन। ती दुवै परिवार आफैले निर्माण गरेको समाजको ऐना एकअर्कालाई देखाइरहेका मात्र थिए। दाइजो लिने वा नदिने भन्ने कुराको त्यहा कुनै गुन्जाइस थिएन किनकी लोकलाजको सृजना समाजमा गर्ने तत्व ती दुई परिवार आफै थिए। प्रत्यक पटक सिनेमा हेर्दा दाइजो कुप्रथा भनेर घरको चार दिवारभित्र कुर्लिनेमा अव्व्ल ती दुई परिवार नै थिए। आधुनिक समाजकालागि भिरेका एकअर्काका मुकुण्डो त्यसरी उत्रिएपछि गरिमाका दाई र कप्तान साबका आमाबुवा धेरै बेर त्यहा आमनेसामने उभिन सकेनन्। दानविर झै मुठ्ठी फुकाएर दिन्छु भनेर छाती फुलाएर भित्र छिरेका गरिमाका दाईको अनुहार त्यहाबाट बाहिर निस्कदा अमिलो निचोरेको जस्तो थियो।

१८ इन्चको चाँदीको खड्कुलोमा खुट्टा धोएर, “मारे पाप पाले पुण्य भन्दै आमाबुवा र दाईले गरिमालाई बिदा गरे।

ससुराली घरमा गरिमा निकै खुशी रहन लागिन्। बिहान बेलुकीको दालभात पकाउन उनलाई केही गार्हो थिएन। सासुले तरकारी केलाइदिन्थिन्। बुवाले बाहिरी किनमेल धानेका थिए। मर्निङ्ग वाल्क गाको बेला एक छाक पुग्ने साग ल्याउन उनि कहिल्यै छुटाउदैन थिए। कप्तान साबको तलबले घरखर्च खासै धान्दैनथ्यो तर काठमाण्डौको मुटुमा रहेको घर बाहालको आम्दानीले उनिहरुको परिवारलाई मज्जाले पुगेकोथ्यो। पाहुनापासा देखि आमाजुसम्मलाई प्राय हरेक हप्ता घरमा बोलाएर एक छाक ख्वाउनु गरिमा आफ्नो धर्म ठान्थिन्। नठानुन पनि कसरी? बिहेअघि आमाले उनलाई असल बुहारीका संस्कार बारे पोख्त पारेकी थिइन्। ठलो स्वरमा नबोल्नु, आशुँ पिएर पनि बाहिर हास्नु, कसैलाई जवाफ नफर्काउनु!” गरिमाको आमाको माया र सल्लाह बिहेको १ हप्ता अघि अचानक पलाएको थियो। गरिमा फुरुङ्ग परेकी थिई 

सासु र आमाको माया र सल्लाहले गरिमा घर गृहस्थीमा खूब निपुण हुदै गई। समयसङ्गै घरजममा ऊ यत्ति रमिई कि गरिमाका आफ्न्त र साथीसङ्गीका घेरा कतिखेर साघुरो बन्दै गयो स्वयं उनलाई पनि पत्तो लागेन। माइतबाट उनकी आमाको उर्दी बेला बेलामा आउथ्यो, " त्यो दिक्षासङ्ग धेरै फोनमा कुरा नगर है। त्यसको पो काम छैन्। लोग्नेको घर गर्न सकिन, अहिले माईत आएर बस्या छे। हेर है! त्यसले तेरो पनि घर बिगार्ली नि।१२ क्लास पढेकी गरिमालाई एम ए पास गरेकी दिक्षाले उचालेर बर्बाद पार्दिने हो कि भनेर आमाले सचेत गराउदा पो गरिमा झसङ्गै भई।

पढाई लेखाईको कुरो सम्झनासाथ "पढेर भन्दा पनि परेर जानेका" उनका आमा र सासु उदाहरण बनेर उनको आखा अगाडि आउथे। एकदिन दिक्षाबाटै सुनेकी थिइन उसको एनजीओले महिला सशक्तिकरणका तालिम दिएको बारे। म जस्ता गृहिणीलाई के काम तेरा यस्ता कुरा भन्दै दिक्षालाई पन्छाएकी थिई गरिमाले। त्यसै राति आमासङ्ग फोनमा कुरा गर्दै दिक्षाको खिसीटिउरी गर्न भ्याई गरिमाले, "आमा, त्यो दिक्षाको त कामै गृहिणीहरुलाई उचालेर घर गृहस्थी बिगार्ने रैछ।" आमाले दरो सही थापिन्, "ख्याल गरेस है छोरी, त्यस्तासङ्ग बच्नु है।" दिक्षा जस्ता साथीलाई उनले आलटाल र टालटुल गर्दै विस्तारै पाखा लगाई। साथीहरुलाई मात्र होइन उनले १२ कक्षापछिको पढाईलाई पनि पाखा लगाइन्। होम साइन्समा बिएमा भर्ना भएकी उनलाई क्याम्पस जान मन नै लागेन। हुन पनि हो, आमा र सासुले नै उनलाई होम साइन्समा विद्धावारिधी गराउदैथे। क्याम्पस जाबोमा पढेर के सिक्नुथ्यो र उनलाई!

कप्तान साबले बेलुकीको भूजा ज्युनार गर्दागर्दै सम्झे, "ओहो! गरिमा सुन त………, चाँदनी रानीसाबले तिम्लाई तीजको दर खान निम्तो गरिबक्स्याछ। जसरी पनि जाऊ है। कमल करसाब मेरो हाकिम, तिमी त जसरी नि जाऊ। बिहानै जाऊ, काम पनि यसो सघाइदेऊ। भोलिपसि प्रमोशनको बेला बुढो काम लाग्छन क्या!नाम बारम्बार सुने पनि भेटेको भने थिइनन् गरिमाले। 

उनको मुखबाट फुत्त निस्क्यो - चाँदनी रानीसाब?
क्रमशः …………………..

Sunday, May 3, 2020

THE PYRES OF OUR BELIEFS: COVID AND LONELY FUNERALS


The unfathomable coronavirus attack is turning the world upside down! Yet we need to survive – we need to keep reinventing our idea of life and continue to rediscover ourselves.
Predictably, everybody has own unique feelings about the situation - fear of catching the virus, anxiety over the unknown, concern the food supply will run out, fear of the consequences to the economy and employment, frustration at wanting to help others and not being able, boredom, and irritability. 
Apart from thoughts like above, at several occasions during this lockdown, I have found myself asking - will we gain something from CoVID experience? 
An absurd reality – life is not about collecting people for funeral
During this lockdown, we heard how Nepalis in America have died lonely, in hospitals and houses, with not even close family and friends willing to perform or attend their funeral. The body of a migrant who died from coronavirus in Dubai was kept in a morgue in case a friend came by for a last goodbye. After a week, no one had appeared. In silence, four people at the morgue, wrapped the body in a plastic bag and took to a furnace where it was reduced to ashes. Just last week, two stupendous Indian actors, Irrfan Khan and Rishi Kapoor, died – not due to CoVID though. They had the stature to attract a large funeral procession. Yet, it didn’t happen.
Perhaps they didn’t need it! May be none of us need it!
All their life, many people are addictive of the idea that the presence of people at their funeral will tell who they have been in life. In their attempt to collect as many people for their funeral, they cease to live their lives. They inadvertently become people-pleaser. People-pleasers without boundaries and they simply turn into doormat without personality. They are so nice to everyone because they believe that everyone would be nice to them if they are nice to others. There’s an expected outcome for being nice! 
I have seen people faking grief at funerals. I have come across people who shed crocodile tears. What Irrfan Khan and Rishi Kapoor’s funerals and many funerals of those who died of Covid have taught us is that we don't need to collect numbers for funerals. We just need to be humans, have empathy for life of others, live life on own terms and be ourselves. 
The moral of the story is don’t simply live to collect people for your funeral. Don’t simply go out of way to become people-pleaser.
Whatever we do, the matter of fact remains -
लास जलिसकेपछी मलामिले खरानिको वास्ता गर्दैन, निको भएपछि घाउले मल्हमको वास्ता गर्दैन!

Monday, April 20, 2020

थप्पड फिल्म हेरेपछि……..

हनशीला शुशीलाहरु थप्पड़ खान्छन, पचाउछन र त्यसैलाई आफ्नो नियति ठन्छन। ती सुशीलाहरु आफ्ना सन्तान दर सन्तानलाई फेरि पनि सहनशीला सुशीला बन्न प्रेरित गरिरहन्छन।
भिमनिधि तिवारीकी "सुशीला" र अनुभव सिन्हाकी "अमृता"
करीब ६० बर्षअघि भिमनिधि तिवारीले लेखेको नाटक सहनशीला सुशीलाकी मुख्य पात्र सुशीला कर्नेलकी छोरी अनि ठकुरीकी बुहारी हुन। सुशीलाका लोग्नेले उनलाई चुल्ठोमा समातेर कैले खुट्टाले, कैले कमरपेटीले निलडाम बनाउछ। गाली गलौज अभागिनी, सत्यानाशिनी भनेर अपमान गर्छ। तर सुशीला संस्कारी हुन। उनको जन्मघरमा सहनशीलता बारे सिकाएको पाठ ऊनि हुबहु पालन गर्छिन, सुशीला सुँक्क-सुँक्क रूँदै जुठा माझ्दै गर्छिन्। मेरो हृदय-सम्राट हजुर नै होइबक्सिन्छ भन्छिन। लोग्नेले बाबुलाई गाली गर्ने जस्ता क्रियाकलाप दोहोर्‍याइरहँदा पनि ऊ समुद्रझैँ शान्त भएर बस्छे।  ठिक उल्टो सुशिलाको लोग्ने जुवाइँ साहेब हो। ऊ क्रोधी छ, ब्याभिचारी छ। उसको स्वभाव स्थिर किसिमको छैन। ऊ संवेगलाई नियन्त्रण गर्न सक्दैन। गिलासको शरबत हुत्याइदिन्छ, गिलास झ्यालबाट फ्याँकिदिन्छ। ऊ विनयशून्य छ।
तर अनेकौ उत्पीड़नका वावजुद पनि सुशीला आफ्नो लोग्नेलाई प्रेमभाव राख्छिन र भन्छिन "मेरो त बाँचुञ्जेलसम्म हजुरउपर यस्तै प्रेम रहनेछ"। आफूप्रति लोग्नेको क्रुरता, उत्पीडन र अन्यायलाई सजिलै सुशीलाले क्षमा गरेर दुवै सुखी जीवन बिताउन अग्रसर भएको देखाएर नाटकको अन्त्य हुन्छ।
अब फास्ट फरवार्ड! ६ दशकको अन्तरालमा तिनै सुशिलालाई हिन्दी सिनेमाका अनुभव सिन्हाले अलग रुपमा प्रस्तुत गरेकाछन अमृताको रुपमा चलचित्र थप्पड़मा। अमृता पढ़ेलेखेकी र आफ्नै स्वीकारोक्तिमा बनेकी कुशल हाउसवाइफ हुन। ऊनि घरको सारा काम गर्छिन। लोग्नेको हर चिजको ख्याल राख्छिन। सासूआमाको सेवा सत्कार गर्छिन। उनका लोग्ने एक कम्पनीमा उच्च पदमा काम गर्छन। ऊ बिहान चाड़ै उठन सक्दैन, न त एक कप चिया बनाउने उसको ढंग छ। श्रीमतीलाई बाहिरी दुनियामा फुर्क्याएर प्रस्तुत गर्नुमा ऊ माहिर छ।
तर सधै अमृतालाई माया र विश्वास गर्ने उनका लोग्नेले एकदिन अचानक परिवार साथीभाईको भेलामा एक थप्पड़ हान्छन। त्यो थप्पड़को चोट उनको गालामा होइन, उनको व्यक्तित्व  र आत्मसम्मानमा लाग्छ। सम्पुर्ण शरिर निचोरिएर आत्मा नै निस्याउने त्यो थप्पड़ उनीहरु बीचको सम्बन्ध र अटूट विश्वासमा अचानक मेघ जस्तो बर्सिन्छ।  त्यो थप्पड़ अमृतालाई सह्य हुन्न र त्यही कारण दर्शाएर उनले लोग्नेबाट डीबोर्स लिएको चित्रण सँगै फ़िल्मको अन्त्य हुन्छ।  
हनशीलताको दायरा
सुशीला र अमृता दुई भिन्न कालखण्ड र परिस्थितिका समानान्तर पात्र हुन। मात्र तिनको शाहनशीलताको दायरा फरक छ। सुशीलाहरु प्रेमको नाममा आफ्नो आत्मसम्मान गुमाउन तत्पर रहन्छन; अमृताहरु आत्मसम्मान संग कतई केहीको समझौता गर्दैनन्। सुशीलाहरुको सहनशीलताको दायरा धेरै फराकिलो हुन्छ। त्यहाँ समाजले प्रतिपादन गरेका हर परिभाषा अटाउछन, तिनको कुनै परकाष्ठा हुदैन; अमृताहरु आफै सहनशीलताको सिमाना तय गर्छन, उनिहरु आत्मसम्मानको बलि चढाउदैनन्।
सहनशील सुशीला सृजित भएको ६ दशकपछि पनि हाम्रो समाजमा महिलाको नियतिमा खासै परिवर्तन भएको छैन। आज पनि बाऊआमा छोरीहरुलाई सहनशील बन्ने तालीम दिएर  थाक्दैनन्। मारे पाप, पाले पूण्य भनेर खड़कुलोमा खुट्टा धोएर दान गर्न नचुक्ने नाता कुटुम्ब तपाई हाम्रो दुई बित्ताको परिधि मैं रहेका हुन्छन। त्यस्तै छोरीबुहारीलाई सहनशीला बनाएर प्रश्तुत गर्नुलाई आफ्नो प्रतिष्ठाको विषयसंग जोड़ने धेरै छन।
समाज न हो, अझै पनि आमाबाऊ, नाता कुटुम्बहरु अमृताहरुको आत्मविश्वास देखेर डराउछन। छोरी बुहारीको आत्मसम्मान संग जिउने अधिकारलाई घरेलु जिन्दगीको फोस्रो ढ्वाङ मान्छन। स्वाभिमानलाई दांवमा राखेर पनि सम्झौता गर्नुपर्छ भन्ने मनोवृत्तिलाई बढ़ावा दिन्छन। घर समाजको आंखामा राम्रो बन्ने दौड़मा कैयौ अमृताहरु दृष्टिभ्रम भएर सहनशिला बन्न होमिन्छन। आजका अमृताहरु प्रेम, परम्परा र संस्कारको नाममा सहनशीलताको सिमाना खुकुलो पार्दै जान्छन तिनिहरु अपमान अपशब्दको पर्खालले आफूलाई  विस्तारै घेर्दै लग्छन, अनि थप्पड़ र लात्ति पनि सर्लक्क पचाउन सक्ने बन्छन। सहजै सहनशीला बन्दै जान्छन।
त्यसैले त अहिलेको समाजमा धेरै सुशीला र थोरै अमृता छन।
सहनशीलताको पाठ
सुशीला ती हजूरआमा हुन जो हजुर्बाको अपहेलनालाई पनि प्रेम सम्झेर तिनको चरणको पानी नपिई सुत्नुलाई आफ्नो अपराध ठान्छन। सुशीला ती आमा हुन जो करेसा बारी गरेर,  दुई अटल लुगा धोएर र गाईवस्तु स्याहार गरेर रातको खानासँगै खुईय गर्दै लोग्ने र छोरोलाई उमालेर बाक्लो पारिएको दूघ ख्वाएर स्वर्ग पुगेको अनुभूति गर्छन। सुशीला ती आधुनिक बुहारी हुन जो पाहुनापासाको सत्कारमा कुशलता प्रदर्शन गर्दै, कुनै भक्तिनीको झै श्रीमानले नभ्याएर ट्वायलेटमा फालेका भित्री वस्त्र प्रेमपूर्वक धुन्छिन अनि बिदेशबाट नन्दले पठाएको क्रिम दलेर श्रृंगाररस भर्छन।
आज पनि कैयौ महिला सहनशीला सुशीलाको पात्रलाई आफ्नो जिवनमा गीता र स्वस्थानी ब्रतकथा जस्तै दिनहु व्यबहारिक अभ्यास गर्छन। दुईजना पाहुनाको अगाडि आमाबाऊ, सासुससुराले सहनशीला भन्दिए मात्र पनि, आफ्नो सम्मान बढेको महशूस गर्छन। तिनले आफ्नो जिवन धन्न भएको सम्झन्छन। त्यस्ता प्रसंशाले फुरुङ्ग पर्छन अनि खोक्रा आत्मविश्वास हावा भरिएको बेलून जस्तै अकासिन्छ। समयसँगै त्यो नित्य कर्म बन्छ र दिनानुदिन अझै चुलिदै जान्छ। यति चुलिन्छ कि कूटपिट गरेर बनेका टाटा र निलडामलाई पनि फिस्स हासेर लुकाउने कलामा पोख्त बन्छन। घरसमाजले त्यसलाई थप प्रोत्साहन दिन्छ। यसरी समयसंगै ती  भिमनिधि तिवारीको सहनशीला सुशीलामा रुपान्तरण हुन्छन।    
सुशीला र अमृताको परिवेश र समय भिन्नाभिन्नै भएनि घटनाको जरा भने एउटै ठाउँमा गाडीएको छ पितृसत्ताको अहममा। सुशीलाहरु उत्पादन गर्ने पितृसत्तात्मक समाज ज्यूँ का त्युं जंगली मूढो सरि अचल छदैछत्यसलाई मलजल हुजुर्बा, बा, छोरानातिले गरेकैछन। त्यसलाई  थप प्रतिस्थापित गराउन हजुर्मा, आमा, छोरी बुहारी लागिपरेका छदैछन। तर ठिक उल्टो, अमृताहरुलाई हाम्रो समाजले सहदैनती चढेकाबढेका हुन, कूलको बेइज्जत गर्ने निर्लज्ज मनुवा हुन, मै हु भन्ने बर्गका खान्की हुन। तिनिहरु पितृसत्ता हावी भएको घर परिवारमा सहजै अटाउदैनन् पनि।
इज् इट जस्ट अ स्ल्याप देन?
दाम्पत्य जिवनका कतिपय नकारात्मक पक्ष विसंगतिलाई दैनिक जिवनमा महिला र पुरुषले सामान्य रुपमा लिएका हुन्छन। बिहान बिहानै बिस्तरामा पुग्ने चिया होस या अफिसका लागि तयार रह्नुपर्ने सुकिला पोशाक - ती सबलाई पुरुषले सामान्यरुपमा आफ्नो अधिकार सम्झेका हुन्छन भने महिलाले कर्तब्यका रुपमा बुझेका हुन्छ्न। गहिरिएर सोच्ने हो भने पुरुषको त कुरा पर जाओस् स्वयं महिलाहरुले पनि सम्बन्धका विसंगति र असामान्य कुराहरुलाई अमृताले जस्तै नजरअन्दाज गर्दै हिडिरहेका हुन्छन्। थप्पड चलचित्रमा यस्ता कैयौ सहज-सामान्य लाग्ने कुराहरु खासमा दुबैकालागि असामान्य र खतरनाक हुन्छन  भनेर प्रष्ट्याइएको छ।
सुशीलामाथिको लात होस या अमृतामाथिको थप्पड़ ती दुवै पति-पत्नी बिचको घरेलु झगड़ाबाट उत्पन्न भएको साधारण परिस्थितिको द्धोतक हैन। त्यो लोग्नेको स्वास्नी विरुद्ध अचानक या अनायस उब्जेको क्रोधको नतिजा पनि होइन। बल्कि ती लात र थप्पड पुरुषमा सदियौदेखि पालिएको श्रेष्ठताको बोध हो। पुरूषले सदा महिलालाई आफूभन्दा कमजोर देखेको र बाऊबराजुको जस्तै आफलाई घरको मालिक ठान्ने अहं हो। यो प्रवृत्ति लैंगिक असमानताको यस्तो गुत्थी हो, जसलाई जन्मैदेखि परम्परा र संस्कारको आवरणले बलियोसंग जोगाइएको हुन्छ। सारीको कुनामा गाठोंमाथि गाठों कसेर हराउन नहुने बस्तु झै सांचेर राखिएको  हुन्छ। ती गुत्थी, परम्परा र संस्कारमा चुरलुम्म डुबेपछि हरकोहीलाई आफूमा बज्रिने थप्पड़, अपशब्द र लात सम्मिलित दाम्पत्य जिवन पनि स्वाभाविक लाग्दैजान्छ। कालान्तरमा त्यो सहज बन्दै जान्छ। मान्य बन्दै जान्छ। रीति परम्परा बन्दै जान्छ।  
सिलाबरको भाडालाई घोट्दा घोट्दा झिनो बनेझै सुशीलाहरु पनि सहनशीलताले मस्काउदा मस्काउदै झिनो बन्दैजान्छन् अलिअलि सहदै सुशीलाहरु कठपुतली बन्दैजान्छन् आवेशमा बर्सेका अप्शब्दहरु विस्तारै थप्पडमा परिणत हुदैजान्छन। सहनशीलतामा त्रिप्ती खोज्दा खोज्दै सुशीलाहरु आउदो पिढीका छोरीबुहारीलाई अन्याय सहन उत्पेरित गर्ने अपराधमा निपुण बन्दैजान्छन्।
अन्त्यमा,
तल थप्पड चलचित्रबाट, त्यो पनि दुई महिला बिचको सम्वादमा घोत्लिन यहाँहरुलाई अनुरोध गर्दै यो विषय अहिलेका लागि यत्ति नै –
वकील - एक औरत को अपना घर जोड़े रखने के लिए थोड़ा बर्दाश्‍त करना पड़ता है...
अमृता - जिस चीज को जोड़ना पड़े मतलब वो पहले से ही टूटी हुई है!