सामाजिक सञ्जालका रुप
र बिरुप
कहिले काही मलाई लाग्छ म अलि बढ़तै सोच्छु। हुन त पढ्नु, सोच्नु अनि फेरि पढ़नु मेरो दैनिकी नै हो। सोच्नु, छलफल गर्नु, बहस गर्नु – यी सब मेरा रुचिका कुरा हुन। दिनको केही अंश सामाजिक सञ्जालमा व्यतित गर्दा टाइमलाइनमा पोखिएका विचारले मलाई सोच्नमा अझ ऊर्जा थप्छ। तिन्मै एक्छिन घोत्लिदा मलाई मष्तिस्कका कोष चलमलाए झै लाग्छ। रमाइलो लाग्छ।
कहिले काही मलाई लाग्छ म अलि बढ़तै सोच्छु। हुन त पढ्नु, सोच्नु अनि फेरि पढ़नु मेरो दैनिकी नै हो। सोच्नु, छलफल गर्नु, बहस गर्नु – यी सब मेरा रुचिका कुरा हुन। दिनको केही अंश सामाजिक सञ्जालमा व्यतित गर्दा टाइमलाइनमा पोखिएका विचारले मलाई सोच्नमा अझ ऊर्जा थप्छ। तिन्मै एक्छिन घोत्लिदा मलाई मष्तिस्कका कोष चलमलाए झै लाग्छ। रमाइलो लाग्छ।
सामाजिक सञ्जालबाट धेरै कुरा सुन्न जान्न पाइन्छ। केही मीठा हुन्छन, केही तीता। केही हदसम्म कतिपय ठूला, गन्यमान्य, वौद्धिक, वरिष्ठ र चर्चित व्यक्तिहरुका ट्विटर र फेसबुकका टाईमलाइनमा उनिहरुले जानि
नजानि राखेका विचार हेरेरै पढेरै पनि म सजिलै उनिहरुको मनस्थिति र स्तर
ठम्याउन सक्छु।
सामाजिक सञ्जालमा पोखिएका कतिपय कुराले भने मलाई अलि बढी नै असर पार्छ।
जस्तो कि सामाजिक सञ्जालमा मैले ऐले एउटा ट्रेन्ड महशुस गर्दैछु - “हल्का मजाक” को। कुनै निष्चित जातजाती, महिला, अपांग जस्ता विषयमा मानिसहरू अलि बढ़ी नै मजाक गर्न अग्रसर र रुचि राख्छन जस्तो
मलाई लाग्छ। केही अघिको
कुरो हो, सामाजिक सञ्जालमा चर्चा
चलेको एउटा विषय थियो –
“झापाको सड़क अफ्रिकी सुन्दरीका गाला जस्तै चिल्ला ………”।
यो भनाई राजनितिमा पद
र प्रतिष्ठा बोकेका एक व्यक्तिबाट आएको थियो। यसैलाई मजाकिया रुपमा
प्रयोग गर्ने अवसर ठानेर समाजिक सञ्जालका एक चर्चित मुटुका डाक्टरले यसैसंग अरु
प्रसंग जोडेर अर्को ट्विट लेखे। त्यसपछि त के थियो, क्षणभरमै सामाजिक सञ्जालमा
यसले एउटा जोकको रूप नै लियो। हाम्रा समाजका अगुवा, जान्नेबुझ्ने पंक्तिका मान्छेहरु कतिजना आफै मरीमरी हासे, कतिले यही भनाईका सहारामा फेरि अरुलाई हँसाउन प्रयोग गरे र कतिले बुझे- नबुझे साथ दिए – लहलहैमा हासेर, गिल्ला गरेर।
अफ्रिकी मुलुकहरुमा लामो समय बसेकी मलाई भने त्यो भनाईले कटक्क मुटु काट्यो। मेरा कैयौ काला साथी र शुभचिन्तक छन
जसका विचार र व्यवहारलाई म धेरै नै आदर गर्छु। नश्लिय विभेद (रेसिज्म) के हो र यसले कसरी कुन हदसम्म पीडा दिन्छ भन्ने कुरा मैले धेरै नजिकबाट देखेकी
छु। कति आफैले भोगेकी छु, कति उनीहरुको संगतबाट थाहा
पाएकी छु। त्यसैले पनि “अफ्रिकी सुन्दरीको गाला” भन्ने प्रसंगलाई मजाक बनाइदा मलाई
नराम्रो लागेको हो। झनै, ती काला छाला भएका मेरा
साथीहरुले प्रत्यक्ष त्यस्तो हसीमजाक सुन्थे वा बुझ्थे भने तिनलाई कस्तो लाग्थ्यो होला?
तिनले मेरै देशका ती हसीमजाकिया ग्रुपलाई के भन्थे होलान? ती ग्रुपसंग जोडेर स्वयं
मलाई के भन्थे होलान? यस्ता कुरा सोच्दा म विचलित हुने गर्छु। बुद्ध र सगरमाथाको
देश भनेर खोक्रो गर्व पालेर र आभुभित्र निहित विभेदलाई कहिलेसम्म मजाक भनेर पन्छाउनु? आफैलाई कसरी ढाट्नु?
मजाकका रुपमा प्रस्तुत गरिने अपमानजनक जोक्स
कुनै निष्चित वर्ग, जातजाती, महिला, अपांगमाथि गरिने जोकहरुले तीनवटा कुरालाई औल्याउछ। पहिलो - यस्ता जोकहरु प्रायः आफूभित्र शुषुप्त अवस्थामा रहेको पूर्वाग्रही भावना या सोचबाट उत्पन्न
भएका हुन्छन। दोस्रो – यस्ता मजाक गर्ने व्यक्तिमा अरुलाई हेप्ने प्रवित्ति हावी
हुन्छ जुन सामाजिक परिवेशमा आफूलाई सम्मानित भएको भ्रम पारीराख्न जवरजस्ती स्वयंले
आफैभित्र दवाएर राख्नु पर्ने बाध्यता। तेस्रो – जोकको रुपमा अरुलाई अपमानित वा अवहेलना गर्दा त्यसले हासोको वातावरण उत्पन्न गर्ने र कसैले नराम्रो मानिहाले “जोक त हो नि” भन्दै उम्कन पाइने।
कुनै वर्ग, जातजाती, समुदाय, महिला, अपांगमाथि गरिने जोकलाई हल्का मजाक, जोक, ख्यालठट्ठाको रुपमा प्रस्तुत गरिए पनि, गहिराईमा हेर्दा त्यस्ता जोक गर्ने ग्रुपको अंतरनिहित
स्वार्थ वा अपमान गर्ने ध्यय लुकेको हुन्छ। प्रायः सामाजिक रुपमा प्रिभिलेज्ड वर्गका मान्छे या समूहमा यस्ता किसिमका जोक गर्ने प्रवृत्ति हावी हुन्छ।
कहिलेकाही उनीहरु स्वयंलाई पनि जानाजानी आफूभित्र निहित त्यस्ता प्रवृत्तिको बारेमा
सुइको हुदैन। त्यस्ता प्रवृत्ति र व्यबहार मान्छेका अन्तरमष्तिस्कमा समेटिएका हुन्छन
जुन सुरक्षित समय र माहौल पाएपछि अचानक बाहिर निस्कन्छन। त्यसरी अनायसै बाहिर आएको
आफ्नो प्रवृती र व्यबहारलाई ढाकछोप गर्न ती मानिसहरु आफ्ना अभिव्यक्तिलाई “जोक्स त
हो नि”, “जोक पनि सीरियस्ली लिने”, “हल्का मजाक पनि गर्न नपाइने”
भन्दै पन्छिन्छन। तर मेरो विचारमा उनिहरुको त्यो सेफ ल्यानडिंग गर्ने तरिका मात्र हो।
सामाजिक सञ्जालको अर्को
“हल्का मजाक” लाई प्रसङ्गमा ल्याउ – “लोग्नेमान्छेलाई दशा लाग्यो भने सन्नी
लियोनी पनि सपनामा साड़ी लाएर आउछे रे”।
यो कुनै फिल्मी डाईलग थियो
तर ट्विटरमा यसलाई हुबहु प्रस्तुत गरेर “हल्का मजाक” गर्ने ती व्यक्ति अहिले कान्तिपूर टिभीमा मर्निङ्ग कार्यक्रम चलाउछन। उनलाई वैज्ञानिक भनेर उनका
कुरा सुन्ने मान्ने थुप्रै छन्।
अपमानजनक जोक्स प्रायः
आफुले हेप्न सक्ने समूहमा साधिन्छ। आफूभित्र उकुसमुकुस संचित भएर रहेका पूर्वाग्रही
भावना र विचारहरुले बाहिर निक्लन सही समय र सुरक्षित माहौल खोजिरहेको हुन्छ। सामाजिक
सञ्जालमा त्यस प्रवृत्तिका सार्वजनिक व्यक्तिलाई त्यस्तो समय र सुरक्षाको मौका स्वाभाविक
रुपमा बढी मिल्छ। त्यसैको फाइदा स्वरूप सामाजिक सञ्जालमा त्यस प्रकृतिका जोक्स चाडै
फैलन्छन
कसैलाई हेप्ने, होच्याउने वा अवहेलना गर्ने ध्यय बोकेका “जोक्स” को बिरोध गर्दै त्यस्ता जोक्सलाई
सामाजिक सञ्जालमा त्यसरी फैलाउन हुन्न। त्यसमाथि पनि स्वयं मिडियामा सम्बन्धित मान्छेहरुबाट
त्यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनु हुन्न भन्दा आएका केही जवाफ यस्ता थिए –
“सामाजिक सञ्जालमा हल्का मजाक गर्न पाइन्छ
र त्यसले खासै कसैको भावना ठेस पुर्याउदैन। ठूला कुराहरुमा सचेत भए पुगिहाल्यो”।
त्यही भनाइलाई थप जोड़ दिदै
फेरि अर्कोले लेखे – “हरेक विषयमा ठ्याठ्या गर्दा मूल विषय
ओझेलमा पर्नेसंगै सोचको अतिवाद हावी हुन्छ”।
के साच्चै अरुलाई होच्याउने
प्रवृत्तिका व्यंग्यले कुनै हानि नै गर्दैन त?
कुनै वर्ग, जातजाती, समुदाय, महिला, अपांगमाथि प्रयोग गरिने व्यंग्यले प्रिविलेज्ड ग्रूपको अधिपत्य अझ सशक्त रुपमा स्थापना
गराउन सहयोग पुरयाउछ। त्यसले एकातिर भेदभावको खाडल अझ गहिरो बनाउने सम्भावना बोकेको
हुन्छ भने अर्कातिर विभेद बिरुद्धको संघर्षलाई कमजोर बनाउछ।
महिला र त्यसमाथि पनि
विशेषगरि सिनेक्षेत्रका महिलाका पहिरन र अंगलाई लिएर अपमानजनक व्यंगलाई “हल्का मजाक”
को नामबाट बढ़ाई चढ़ाई गर्ने हाम्रो
समाजमा रहेका केही पुरुष र महिलाहरुको प्रवृत्ति नै छ। उनीहरुमाथि जस्तो सुकै निच व्यंग्य गरिए पनि त्यो उनीहरुले सहानुपर्छ र अरु कसैले
त्यसको प्रतिकार गर्न हुदैन भन्ने मान्यता बोकेका कैयौ पुरुष महिला छन। तर मैले आजसम्म
पनि सिने क्षेत्रमा लागेका पुरुषका पहिरन या अंगका बारेमा खुलेआम अपमानजनक व्यंग गरिएको
खासै पाएकी छैन। यसको अर्थ हाम्रो समाजमा कस्ले के गर्नु हुन्छ हुदैन भनेर नैतिक र
सामाजिक मूल्यमान्यताको मापदण्ड बनाउने एउटा समूह हावी छ। त्यो समूह प्रायः प्रिविलेज्ड
ग्रुप संग सम्बन्ध राख्छ। उसले तय गरेका मापदण्डभन्दा बाहिर उत्पीड़ित समूह वा व्यक्ति
गएमा उनीहरुलाई सह्य हुदैन। त्यसको बिरोध त गर्नै पर्यो, तिनिहरुलाई ठ्याक लगाउनु त पर्यो नै, तिनिहरुलाई आफ्नो स्थान
त देखाउनु परि गयो। हो त्यस बखतका लागि हुन - समाजमा अनुशशित देखिने या ढोंग गर्नेहरुले प्रयोग गर्ने मुख्य हतियार - “हल्का मजाक” ।
समाजका केही तत्वहरुमा के भ्रम रहेको हुन्छ भने यदि महिलाहरु आफूमाथि कुनै अपमानजनक
व्यंग्यबाट बचाउन चाहन्छन भने उनीहरुले चाहे जस्तो रूप र व्यबहारमा ढाल्नुपर्छ। कुनै
महिला राम्रा वा नराम्रा हुनुमा स्वयं उनीहरु आफै जिम्मेवार हुन्छन। उनीहरुले नराम्रा
ठहराइएका महिलालाई जे पनि भन्न पाउनुपर्छ, जस्तोसुकै मजाक गर्ने छुट पाउनु पर्छ। उनीहरुले “राम्रा” ठहराइएका महिलामाथि उनिहरुले
जोक्स गर्दैनन। समग्रमा भन्दा कसलाई राम्रो भन्ने, कसलाई नराम्रो – त्यो ठेक्का ती समूहले लिएका हुन्छन। त्यसैले महिलाहरु उनीहरुले भनेकै जस्तो हुनुपर्छ, त्यही रूपरंगमा ढल्नुपर्छ - त्यसो गरेमात्र घटिया जोक्सबाट बच्न सक्छन महिलाहरु।
हल्का जोकको नाममा गरिने अपमानले सुक्ष्मरुपमा परपीडकको भूमिकालाई अझ बलियो बनाउछ
र विभेदका खाडललाई झन गहिराउदै लग्छ। यस्ता प्रकृतिको जोकबाट बच्न र बचाउन महिलाहरु
स्वयं “राम्रा” बन्ने चाहना राख्दै जाउन भन्ने स्वार्थ यस्ता अपमानजनक जोक्सले
राखेका हुन्छ्न्। भोलि गएर कुनै महिलाले आफूलाई मनपर्ने मिनिस्कर्ट वा गला
खोलिएका पोशाक नलगाउन भनेर यस्ता जोक समाजका ठूलाठालु तर संकुचित मानसिकताका पुरुष
र महिलाले बढी गर्छन्। तीनिहरु यस्ता जोक्स मार्फत आफ्ना छोरी बहिनीहरुलाई नैतिकताको
पाठ घोकाउन लाग्छन। नैतिकताका पाठ रटदा रटदा उनीहरु “राम्रा” बन्छन; आफूमै गरिएको जोकमा
ती यति निरिह बन्छन कि न मन खोलेर हास्न सक्छन, न प्रतिकार गर्ने हिम्मत जुटाउन सक्छन।
सनी लियोनीलाई सपनामा सेक्सी अवतारमा परिकल्पना गर्ने पुरुषकी श्रीमती, छोरी बहिनीलाई अरु कसैले त्यस्तै कल्पना गर्दा उनीहरुले कस्तो प्रतिक्रिया देलान?
फलानोको श्रीमती, छोरी मेरो सपनामा सेक्सी रुपमा आइन् भन्दा तिनले त्यसलाई पनि हल्का मजाककै रूपमा
लेलान कि नलेलान?